Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

टर्कीमा लगातार दोस्रो दिन गोलीकाण्ड, नौ जनाको मृत्यु

टर्कीमा लगातार दोस्रो दिन गोलीकाण्ड, नौ जनाको मृत्यु

एजेन्सी : टर्कीको मध्य क्षेत्रमा रहेको एक माध्यमिक विद्यालयमा बुधबार एक जना विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ९ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । काहरामनमारसका गभर्नर मुकेरेम अनलुरका अनुसार घाइतेमध्ये चार जनाको शल्यक्रिया भइरहेको छ । मृतकमध्ये एक जना शिक्षक हुन् ।

यस घटनापछि टर्कीको न्याय मन्त्रालयले अनुसन्धानको निष्पक्षताका लागि समाचार प्रसारणमा अस्थायी प्रतिबन्ध लगाएको छ । साथै, न्याय मन्त्री अकिन गुर्लेकका अनुसार घटनाको अनुसन्धानका लागि सात जना अधिकारी खटाइएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij