Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

रुसी आक्रमणमा परेर युक्रेनमा ३ जनाको मृत्यु

रुसी आक्रमणमा परेर युक्रेनमा ३ जनाको मृत्यु

किभ : रुसले बुधबार राति युक्रेनमाथि गरेको ड्रोन र मिसाइल आक्रमणमा परेर कम्तीमा ३ जनाको मृत्यु भएको छ । राजधानी किभका मेयर भिताली क्लिट्स्कोका अनुसार मृतकमा १२ वर्षीय बालक पनि छन् । उक्त आक्रमणमा कम्तीमा १८ जना घाइते भएका छन् । 

त्यस्तै, दक्षिणपूर्वी सहर डिनिप्रोमा पनि एक जनाको ज्यान गएको छ भने अन्य थुप्रै सहरहरूमा समेत आक्रमण भएको जानकारी दिइएको छ ।  यसैबिच, सीमा पार रुसको क्रास्नोडार क्राइ क्षेत्रमा युक्रेनी ड्रोन आक्रमण हुँदा ५ र १४ वर्षका दुई बालबालिकाको मृत्यु भएको त्यहाँका गभर्नर भेनियामिन कोन्ड्राट्येभले बताएका छन् । 

यी आक्रमणहरू हालैको अर्थोडक्स इस्टरका अवसरमा गरिएको छोटो युद्ध विरामपछि भएका हुन् । यस युद्ध विरामको मियमा दुवै पक्षले एक अर्कामाथि सयौँ उल्लङ्घनको आरोप लगाएका थिए । किभको पोडिल्स्की जिल्लामा १६ तले आवासीय भवन ध्वस्त हुँदा उद्धारकर्ताहरूले एक आमा र बच्चालाई भग्नावशेषबाट जीवितै बाहिर निकालेका छन् । राजधानीको उत्तरी भागमा निरन्तर गोलाबारीका कारण ४ जना आपतकालीन स्वास्थ्यकर्मी घाइते भएका छन् । 

ओलेक्जेन्डर गान्झाका अनुसार डिनिप्रोमा भएको अर्को आक्रमणमा कम्तीमा १० जना घाइते भएका छन् र भवनहरूमा आगलागी भएको देखिएको छ । अन्य क्षेत्रहरूमा पनि आक्रमण जारी रहेको छ । खार्किभमा ड्रोन आक्रमणबाट दुई वृद्ध घाइते भएका छन् भने ओडिसामा ५ जना घाइते भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij