Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

काठमाडौँ प्रहरीले बनायो आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल

काठमाडौँ प्रहरीले बनायो आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल

काठमाडौँ : काठमाडौँ प्रहरीले आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल तयार गरेको छ । गुण्डागर्दीमा संलग्न सहित १ हजार ९७ जनाको पृष्ठभूमि सहितको प्रोफाइल तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

शुक्रबार पत्रकार सम्मेलन गरेर भट्टराईले भने, ‘लागुऔषध, चोरी, गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न हुनसक्ने र भएकाहरूले प्रोफाइलिङ गरिएको हो ।’ अनुसन्धानको क्रममा अपराधसँग ‘कनेक्सन’ देखिएका र आशङ्का गरिएकाहरूको आपराधिक पृष्ठभूमि सहितको प्रोफाइलिङ गरिएको एसपी भट्टराईले जानकारी दिए । 

त्यस्तै, काठमाडौँ प्रहरीले हिरासतबाट भागेकाहरूको विवरण डिजिटल माध्यममा अद्यावधिक गरेको छ । ‘भागेकाहरू कागजात छैन भनेर खुला हिँडेका सूचना पाएका छौँ’ एसपी भट्टराईले भने, ‘जेनजी प्रदर्शनमा आगजनी गरिएको ३ हजार २७२ फाइललाई हामीले डिजिटाइजेशन गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij