Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

बैतडीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

बैतडीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, चार घाइते

धनगढी : बैतडीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् । 

शुक्रबार दिउँसो करिब साढे १ बजे सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चाैडी सडक खण्डमा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहका अनुसार श्रीभावरदेखि पुर्चौडीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा सुर्नया–८ का ३४ वर्षीय जनक लुहार रहेका छन् । उनी सोही मोटरसाइकलका चालक समेत रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । सोही दुर्घटनामा पुर्चाैडी–५ का २४ वर्षीय अमिर कडायत, सोही वडाका ३९ वर्षीय हिक्कमत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएको प्रहरीले बताए ।

घाइतेमध्ये अमिर र हिक्मतको अवस्थालाई ध्यानमा राख्दै थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । प्रहरीका अनुसार अमिरको अवस्था मध्यम छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij