Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

प्रहरी सहायक हवल्दार पवन गिरी “महिनाको उत्कृष्ट प्रहरी” घोषित

प्रहरी सहायक हवल्दार पवन गिरी “महिनाको उत्कृष्ट प्रहरी” घोषित

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी सहायक हवल्दार पवन गिरीलाई २०८२ साल चैत महिनाको “उत्कृष्ट प्रहरी (Best Police of the Month)” का रूपमा सम्मान गरेको छ।

 

इलाका प्रहरी कार्यालय फुलवारी चौतारा, चितवनमा दरबन्दी भएका प्रहरी सहायक हवल्दार गिरीले अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानका आधारमा यो सम्मान प्राप्त गरेका हुन्। गिरीले चितवन जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा १ करोड १३ लाख रुपैयाँ बिगो कायम भई फरार रहेका प्रतिवादीलाई सफलतापूर्वक पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै उनले फरार अभियुक्त पक्राउ, अवैध अनलाइन जुवा तथा बेटिङ नियन्त्रण, अवैध मसाज तथा स्पा सेन्टरमाथि कारबाही, तथा लागुऔषध नियन्त्रण अभियानमा सक्रिय भूमिका खेलेका छन्।

 

संगठनको नीति निर्देशनअनुसार जिम्मेवारीप्रति बफादार, अनुशासित र लगनशील भई उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकन गर्दै “उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७९” बमोजिम उनलाई उक्त सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले जानकारी दिए । प्रहरी कार्यालयले गिरीको कार्यसम्पादनको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij