Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ : गुण्डागर्दीमा संलग्न आरोपमा प्रहरीले निरे भनेर चिनिने निराजन पौडेललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई वैशाख ३ मा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । भट्टराईले भने, ‘पौडेलमाथि अनुसन्धान भइरहेको छ ।’

पछिल्लो समय ठेक्कापट्टा गर्दै आएका पौडेल मिलन चक्रे समूहमा रहेर गुण्डागर्दीमा संलग्न रहेको आरोप छ । यसअघि उनीविरुद्ध हातहतियार, ज्यान मार्ने उ्रद्योग र अभद्र व्यवहार सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको थियो । अहिले उनी सातौँ मुद्दामा पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij