Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

२९ महिनादेखि चितवनमा गैँडा चोरीसिकार शून्य

२९ महिनादेखि चितवनमा गैँडा चोरीसिकार शून्य

चितवन: विश्वकै दुर्लभ एकसिङे गैँडाको चोरीसिकार नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्जले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। पछिल्लो २९ महिनाभन्दा बढी समयदेखि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एउटा पनि गैँडा चोरीसिकारबाट नमरेको निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० कात्तिक ३० गते पूर्वी सेक्टरको चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुई वटा गैँडा मारेपछि गरिएको कारबाहीमा नौ जना अभियुक्त पक्राउ परेका थिए। त्यसपछि सुरक्षा रणनीतिमा सुधार गर्दै कडाइ गरिएकाले चोरीसिकार नियन्त्रणमा सफलता प्राप्त भएको हो।

वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले तिनै तहका सरकार, सुरक्षाकर्मी, स्थानीय समुदाय र संरक्षणकर्मीको संयुक्त प्रयासले शून्य चोरीसिकार सम्भव भएको बताउनुभयो। यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले शून्य चोरीसिकारलाई दीर्घकालीन रूपमा कायम राख्ने लक्ष्य रहेको बताउनुभएको छ।

यता, चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा निकुञ्जमा १९ वटा गैँडाको मृत्यु भएको छ। तीमध्ये १० वटा प्राकृतिक कारणले, ५ वटा आपसी लडाइँमा, २ वटा दलदलमा फसेर, १ वटा करेन्ट लागेर र १ वटा नेपाली सेनाको आत्मरक्षाका क्रममा चलाइएको गोली लागेर मरेको निकुञ्जले जनाएको छ।

गत वर्ष निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २८ वटा गैँडाको मृत्यु भएको थियो। चोरीसिकार रोकिए पनि प्राकृतिक कारणले हुने मृत्यु बढिरहेकाले संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन्।

यसैबीच, गत चैत २६ गते गस्तीमा रहेका नेपाली सेनामाथि बच्चासहितको गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका क्रममा चलाइएको एउटै गोली लागेर पोथी गैँडाको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ।

निकुञ्जका अनुसार चालु वर्षमा वन्यजन्तु–मानव द्वन्द्वबाट हुने मानवीय क्षति पनि घटेको छ। गत वर्ष १४ जनाको मृत्यु भएकोमा यस वर्ष हालसम्म तीन जनाले ज्यान गुमाएका छन्।

ञ्जमा नेपाली सेनाले आत्मरक्षाका लागि चलाएको एउटै गोलीले लागेर गैँडाको मृत्यु भएको पुष्टि भएको छ । नेपाली सेना नयाँ गोरख गण सेहरी पोस्टबाट खटिएका नेपाली सेनाका जवानले आत्मरक्षाका लागि चलाएको गोलीले २४ वर्षको पोथी गैँडा मरेको थियो ।

निकुञ्जको भित्री भागमा गस्तीमा गएको सेनाका जवान विशाल घर्ती क्षेत्रीलाई बच्चासहितको गैँडाले आक्रमण गरेको थियो । गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि १४ राउन्ड हवाई फायर गर्दासमेत गैँडा नभागेपछि हानेको एउटै गोलीले गैँडा मरेको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको उहाँले बताउनुभयो । 

निकुञ्ज प्रमुख पन्तले भन्नुभयो, “मावनीय क्षति हुन नदिनका लागि हवाई फायरबाटै भगाउने पहिलो प्रयास भएको थियो तर बच्चासहितको गैँडा नभागेर थप आक्रमण गर्न थालेपछि बाध्यात्मक अवस्थामा गोली चलाइएको थियो । एउटै गोली लागेर गैँडा मरेको पोस्टमार्टम रिपोर्टले देखाएको छ । कहिलेकाहीँ विशाल जनावर पनि एउटै गोलीले मर्दो रहेछ, यो दुर्लभ दुर्घटना हो ।” 

मानवीय क्षति घट्यो 

निकुञ्जका अनुसार चालु आवमा मानव र वन्यजन्तुबिचको द्वन्द्वबाट भएको असर पनि कम भएको छ । गत आवमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट १४ जनाको ज्यान गएको थियो तर चालु आवको नौ महिनामा तीन जनाले ज्यान गुमाएका पन्तले जानकारी दिनुभयो । स्थानीय माछा मार्न, निगुरो टिप्न तथा घाँस दाउराका लागि निकुञ्जभित्र छिर्ने क्रममा वन्यजन्तुको आक्रमणमा पर्ने गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij