Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको मुद्दामा सुनुवाइ हुँदै

कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ : कर्णाली प्रदेशसभाका सदस्य एवम् पूर्व मुख्यमन्त्री राजकुमार शर्माको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा शर्माको सांसद पद कायम रहने कि नरहने भन्ने विषयमा सुनुवाइ हुँदैछ ।

तत्कालीन नेकपा माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रचारमा लागेको आरोप लगाउँदै उक्त पार्टी (नेपाली कम्युनिस्ट पार्टी) को सिफारिसको आधारमा प्रदेशसभा सचिवालयले पद खारेज गर्ने निर्णय गरेको थियो । नेकपाको सिफारिसमा सांसद पद गुमेपछि शर्मा सर्वोच्च अदालत पुगेका थिए । 

शर्माको रिटमा यसअघि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै सांसद पद यथावत् कायम राख्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij