Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

साँखुमा प्रहरीको गोली लागेर एक जना घाइते, उपचार हुँदै

साँखुमा प्रहरीको गोली लागेर एक जना घाइते, उपचार हुँदै

काठमाडौँ : राजधानीको साँखुमा शुक्रबार प्रहरीले गोली चलाएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा सो घटना भएको हो।

ब्युरोका अनुसार लागुऔषध प्रयोगकर्ताले नै टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा प्रहरीले गोली चलाएको थियो। प्रहरीको जवाफी कारबाहीमा परी हेटौंडा घर भई हाल साँखु क्षेत्रमा बस्दै आएका ३५ वर्षीय जीवन जिम्मा घाइते भएका छन्।

घाइते जिम्मालाई उपचारका लागि साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा लगिएको छ।  उक्त घटना लागुऔषध नियन्त्रण ब्युरोको अपरेशनका क्रममा भएको ब्युरोकै एक अधिकारीले बताए। प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij