Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

आहालको दलदलमा फसेको गैँडाको उद्धार

आहालको दलदलमा फसेको गैँडाको उद्धार

नवलपुर : पूर्वी नवलपरासीको नारायणी किनारमा रहेको दलदलमा फसेको गैँडालाई उद्धार गरिएको छ । नमुना सामुदायिक वन नजिकै कोरोनाघाट हिलोमा फसेको गैँडाको चितवन राष्ट्रिय निकुञ्जको टोलीले उद्धार गरेको हो । 

शुक्रबार देखि दलदलमा गैँडा फसेको स्थानीयले देखेपछि निकुञ्ज र मध्यवर्ती समितिलाई खबर गरेका थिए । निकुञ्जको टोलीले डोजरको प्रयोग गरेर फसेको गैँडा बाहिर निकालेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाले बताए । 

अन्दाजी २२ वर्षको पोथी गैँडाको उद्धार गरेर नमुना सामुदायिक वनमा नै छाडिएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij