Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

बँदेलको आक्रमणबाट मृत्यु

बँदेलको आक्रमणबाट मृत्यु

बरहथवा : जंगली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको छ। लालबन्दी नगरपालिका-१५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ(दावा)को आक्रमणबाट मृत्यु भएको हो।

बँदेलको आक्रमणबाट घाइते भएका थिङको उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

प्रहरी टोलीले मध्यराति नै घटना स्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएको छ। जंगली बँदेलले खेतमा लगाएको मकैमा क्षति गरे पछि थिङ केही दिनदेखि मकै रेखदेशका लागि खेतमा बस्दै आएका थिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij