Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

विकल पौडेल र श्रीमती एलिनाविरुद्ध ६८ करोड माग दावीसहित मुद्दा दर्ता

विकल पौडेल र श्रीमती एलिनाविरुद्ध ६८ करोड माग दावीसहित मुद्दा दर्ता

काठमाडौँ : विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा संलग्न रहेको अभियोग लागेका विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध ६८ करोड ९४ लाख बिगो माग दावीसहित आज अदालतमा अदालतमा मुद्दा दर्ता भएको छ।

राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलले अवैध रूपमा विदेशी विनिमय कारोबार गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरिएको हो।विभागले कुल ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ बिगो कायम गरेको छ।

विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले आज काठमाडौँ जिल्ला अदालतमा  मुद्दा दर्ता भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij