Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

शंखमुलमा पनि चल्यो डोजर

शंखमुलमा पनि चल्यो डोजर

काठमाडौँ : काठमाडौंको शंखमुलमा रहेको अव्यवस्थित तथा सुकुमवासी बस्तीमा डोजर चलेको छ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाउन थालेको हो ।

आजै सरकारले बल्खु, माछापोखरीलगायत क्षेत्रमा पनि डोजर लगाइरहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो । प्रशासनको सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरूले आफैँ सामान सामान सारेका थिए ।

दोस्रोचरणमा आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ । पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती खाली गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij