Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

९०० करोड घोटाला : पूर्वमन्त्री महेश पक्राउ

९०० करोड घोटाला : पूर्वमन्त्री महेश पक्राउ

काठमाडौं : राजस्थान भ्रष्टाचार विरोधी ब्यूरो (एसीबी)ले बिहीबार पूर्व मन्त्री महेश जोशीलाई जल जीवन मिशन (जेजेएम) अन्तर्गत करिब ९०० करोड रुपैयाँको कथित घोटाला प्रकरणमा पक्राउ गरेको छ।

पीटीआईका अनुसार एसीबीको विशेष अनुसन्धान टोली (एसआईटी) ले उनलाई बिहीबार बिहान जयपुर रेलवे स्टेशन नजिकै सान कोलोनीस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

यसअघि पनि महेश जोशीलाई अप्रिल २०२५ मा प्रवर्तन निर्देशनालय (ईडी) ले सोही घोटालासँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दामा पक्राउ गरेको थियो। त्यसपछि उनी करिब सात महिना जेलमा बसेका थिए।

पछि डिसेम्बर २०२५ मा सर्वोच्च अदालतले उनलाई जमानत दिएको थियो। हाल उनीमाथि पुनः भ्रष्टाचार अनुसन्धान अघि बढाइएको एसीबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij