चितवन : खैरहनी नगरपालिका–८ हरिशरण पेट्रोल पम्प अगाडि पूर्व–पश्चिम महेन्द्र राजमार्गमा कारको ठक्करबाट एक पैदलयात्री महिला घाइते भएकी छन्।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार साँझ करिब ७ : ४० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ६२४८ नम्बरको कारले बाटो काट्दै गरेकी अन्दाजी ३५–४० वर्षकी एक महिलालाई ठक्कर दिएको हो।
घाइते महिलाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।दुर्घटनामा उनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज
पठाइएको प्रहरीले जनाएको छ।
ठक्कर दिने कार र चालक खैरहनी–८ निवासी ४३ वर्षीय ठाकुर प्रसाद उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय खैरहनीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij