Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

बच्चाको मुन्द्रा चोरीमा संलग्न आरोपमा दुई जना पक्राउ

बच्चाको मुन्द्रा चोरीमा संलग्न आरोपमा दुई जना पक्राउ

काठमाडौँ : बच्चाको मुन्द्रा चोरीमा संलग्न आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका–३ ढुंखर्क घर भएका २४ वर्षीय लक्ष्मण भन्ने सुनिल नगरकोटी र भारत घर भएर बनेपामा बस्दै आएका ३० वर्षीय सभंकर माजी छन् ।

वैशाख २७ मा भक्तपुरको लिवालीमा बच्चाहरूलाई भेला पारेर चकलेट दिएर फकाउँदै कानको मुन्द्रा चोरी गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले रातोपाटीलाई बताए ।

नगरकोटीले चोरेको मुन्द्रा सभंकर माजीलाई बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले उनीहरूबाट १५ लाल सुन बरामद गरेको छ । उनीहरूमाथि प्रहरी वृत्त जगातीको टिमले अनुसन्धान गरिरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट