Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

जुवातास खेल्दै गरेका सात जना पक्राउ, नेपाली र भारतीय रुपैयाँ बरामद

जुवातास खेल्दै गरेका सात जना पक्राउ, नेपाली र भारतीय रुपैयाँ बरामद

वीरगञ्ज : धनुषाको जनकनन्दिनी गाउँपालिका–३ महुवामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको प्रहरी टोलीले आइतबार राति बिन्दे मण्डलको घर पछाडिको बारीमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

धनुषा प्रहरीका अनुसार घटनास्थलबाट नेपाली रुपैयाँ ८१ हजार ५ सय ५५ तथा भारतीय रुपैयाँ ७ हजार ७ सय ९० बरामद गरिएको छ । बरामद भारतीय रुपैयाँलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा कुल रकम ९४ हजार १९ रुपैयाँ बराबर हुन आउने प्रहरीले जनाएको छ । साथै, घटनास्थलबाट तासका तीन बुकसमेत बरामद गरिएको छ ।

पक्राउ पर्नेहरूमा जनकनन्दिनी गाउँपालिका–३ निवासी ३९ वर्षीय अजिम राइन, ४९ वर्षीय बिक्नु मण्डल, भारतको बिहार राज्य मधुवनी जिल्ला देवधा वडा नं. ९ निवासी ३५ वर्षीय दिनानाथ साह, वडा नं. ५ निवासी ४२ वर्षीय राजु महतो, वडा नं. ९ निवासी ३१ वर्षीय श्रवण साह, वडा नं. ७ निवासी ३५ वर्षीय मोहम्मद आखरुज जमाल तथा वडा नं. १ निवासी ३९ वर्षीय मधु नट रहेका छन् ।

प्रहरीले पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट