Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

सुकुमबासी समस्याबारे अर्थसमितिमा सांसद ध्रुव राज राईले उठाए प्रश्न

सुकुमबासी समस्याबारे अर्थसमितिमा सांसद ध्रुव राज राईले उठाए प्रश्न

काठमाडौँ : सांसद ध्रुव राज राईले सरकारको कार्यक्रम र सुकुमबासी समस्या समाधानमा भइरहेको ढिलाइबारे प्रश्न उठाएका छन्। अर्थसमितिकाे छलफल कार्यक्रममा बोल्दै उनले अव्यवस्थित बसोबास र सुकुमबासीहरूलाई सरकारले झन् समस्यामा पारेको आरोप लगाए । 

साथै सांसद राईले विकास निर्माणका लागि बजेट विनियोजन गर्दा भूगोललाई ध्यान दिनुपर्ने पनि बताए । उनले काठमाडौँ उपत्यकाभन्दा भोजपुर जस्ता जिल्लाहरू भौगोलिक रूपमा ठुला र चुनौतीपूर्ण रहेको भन्दै दुर्गम क्षेत्रका लागि पर्याप्त बजेट छुट्टाउन माग गरे । 

यस्तै, उनले नेपालको आर्थिक वर्ष असार मसान्तमा सकिने परिपाटीले विकासमा बाधा पुगेको धारणा राखे । वर्षाको समयमा काम गर्दा निर्माण व्यवसायी र उपभोक्ता मारमा पर्ने भएकाले आर्थिक वर्षको समयतालिका अगाडि सार्नुपर्ने उनले सुझाव दिए । अन्तिम समयमा आएर काम गर्ने शैलीले विकास निर्माण अलपत्र परेको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट