Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

अर्घाखाँची बस दुर्घटना : २ जनाको मृत्यु, २५ घाइते

अर्घाखाँची बस दुर्घटना : २ जनाको मृत्यु, २५ घाइते

अर्घाखाँची : अर्घाखाँचीको पाणिनि गाउँपालिका–८ दुर्गाफाँट कुडेलेमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन । घाइतेहरूको सन्धिखर्क र पाल्पाको तानसेनस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक दिवस बहादुर जिसीका अनुसार पर्वत जिल्लाबाट अर्घाखाँची घुम्न आएको ध १ ख ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटनामा परेको हो । प्रारम्भिक अनुमानअनुसार ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट