Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

सीआईबीले एनसेलको मुख्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लियो

सीआईबीले एनसेलको मुख्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लियो

काठमाडौं : एनसेल को लैनचौरस्थित मुख्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । स्मार्ट टेलिकमको सम्पत्ति खरिद तथा विवादास्पद आर्थिक कारोबारसम्बन्धी अनुसन्धान तीव्र बनिरहेका बेला सीआईबीको टोलीले कार्यालयमा पुगेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाएको छ ।

सीआईबीको अनुसन्धानको केन्द्रमा स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रिया, शेयर स्वामित्व हस्तान्तरण तथा वित्तीय कारोबार रहेका छन् । स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरण सँगको पत्राचार तथा सरकारद्वारा गठित अध्ययन प्रतिवेदनका आधारमा अनुसन्धान विस्तार गरिएको हो ।

सीआईबीले केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएर अध्ययन गरिरहेको बताइएको छ । यद्यपि “औपचारिक छापा” सम्बन्धी विवरण भने सीआईबीले सार्वजनिक रूपमा पुष्टि गरिसकेको छैन ।

पछिल्लो घटनाले एनसेलमाथि विगतदेखि उठ्दै आएका कर, शेयर कारोबार, स्वामित्व परिवर्तन तथा वित्तीय पारदर्शितासम्बन्धी बहसलाई पुनः सतहमा ल्याएको छ । दूरसञ्चार र बैंकिङ क्षेत्रले समेत यस घटनालाई चासोका साथ हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट