Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पोखराको सहकारी रकम अपचलन प्रकरणमा रास्वपा नेता बोधराज रेग्मीविरुद्ध पक्राउ पुर्जी जारी

पोखराको सहकारी रकम अपचलन प्रकरणमा रास्वपा नेता बोधराज रेग्मीविरुद्ध पक्राउ पुर्जी जारी

पोखरा : पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

कास्की प्रहरीले रास्वपा नेता बोधराज रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी भएसँगै रास्वपा स्याङ्जाका नेता रेग्मी फरार रहेको प्रहरीले जनाएको छ।

बोधराज रेग्मी रास्वपाबाट स्याङ्जा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिव रहेको खुलेको छ।

सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धान अघि बढाइरहेको प्रहरीले आवश्यक कारबाही प्रक्रिया जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij