Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार प्रतिवादी पक्राउ

काठमाडौँ : प्रहरीले केन्द्रीय कारागार सुन्धाराबाट फरार जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा फरार भएका नवलपरासीको कावासोती नगरपालिका– ३ का २४ वर्षीय निशान तामाङलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र महोत्तरी प्रहरीको समन्वयमा बर्दिबास नगरपालिका ५ बाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङमाथि जिल्ला अदालत भक्तपुरले २०७९ कात्तिक २८ गते सूर्यविनायक नगरपालिका–१ बाट ७ वर्षीय छोरीलाई बालयौन दुरुपयोग गरेको जबरजस्ती करणीसम्बन्धी मुद्दामा २५ वर्ष कैद र ७ लाख रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।

सोही फैसला बमोजिम तामाङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट फरार भएको समेत प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई केन्द्रीय कारागारमै पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट