Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

मिर्चैयाबाट २७६ किलो गाँजा बरामद

मिर्चैयाबाट २७६ किलो गाँजा बरामद


सिरहा : सिरहामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको छ । कर्जन्हा नगरपालिका-११ बाट प्रहरीले २ सय ७६ किलो गाँजा बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरी नेतृत्वको टोलीले शनिबार साँझ कर्जन्हा नगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर पर रहेको झाडीमा ११ वटा प्लास्टिकका बोरामा प्याक गरिएको अवस्थामा उक्त गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यहाँबाट बरामद गरिएका गाँजा मिर्चैयामा ल्याएर राखिएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जनाए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट