Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सुन्धारा कारागारको पर्खाल नाघेर फेरि फरार भइन् सपना तामाङ

सुन्धारा कारागारको पर्खाल नाघेर फेरि फरार भइन् सपना तामाङ

काठमाडौं : जेनजी आन्दोलनको बेला भदौ २४ मा जेलबाट भागेर पक्राउ परेकी सपना तामाङ सुन्धारा कारागारको पर्खाल नाघेर पुन भागेकी  छन्। हत्यामा जन्मकैद सजाय तोकिएपछि कारागारमा रहेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया उनी शुक्रवार राती जेलको पर्खाल नाघेर भागेकी हुन्।

उनी कारागारमा नभेटेपछि कारागार सुरक्षामा राखिएको क्लोज सर्किट टेलिभिजन हेर्दा शुक्रबार राति १ बजेतिर पर्खाल नाघेर भागेको देखिएको कारागार प्रशासनले जानकारी दिएको छ। सिसिटिभी फुटेजमा उनी पर्खालभित्र केहीमा चढेर सहजै पर्खाल नाघेर भागेको देखिएको कारागार प्रशासनले बतायो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij