Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

खैरो हेरोइनसहित ७ जना पक्राउ

खैरो हेरोइनसहित ७ जना पक्राउ

काठमाडौँ :  प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ स्थित जोरपाटीबाट ७ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । जेठ १ मा पक्राउ परेका आरोपीहरुको साथबाट १२.६४ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भएका ५० वर्षीय प्रशान्त राई, दोलखा घर भएका ४७ वर्षीय पेम्बा तामाङ, गोकर्णेश्वर घर भएका २३ वर्षीय अनिल केसी, ४४ वर्षीय वसन्त तिमल्सिना, ३७ वर्षीय विक्रम ठकुरी, २५ वर्षीय प्रज्वल मैनाली र ३५ वर्षीय देवेन्द्र अर्याल छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद लिउर अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट