काठमाडौँ : इरानी जेलमा रहेका नेपाली युवा अमृत झासँग ५५ लाख धरौटी माग गरिएको उनकी बहिनी पूजाले दाबी गरेकी छन् ।पुजाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘परदेशमा एक्लै यस्तो परिस्थिति भोग्नु कति पीडादायी हुन्छ, त्यो कल्पना गर्न पनि कठिन छ । उहाँका परिवारजन र साथीहरू आफ्नो सम्पूर्ण प्रयासमा जुटिरहेका छन्, तर यति ठुलो रकम जुटाउन एक्लैले सम्भव भइरहेको छैन । यस कठिन समयमा हामी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग हार्दिक सहयोगको अपिल गर्दछौँ ।’यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले रिहा भइसकेको भनी भ्रामक अभिव्यक्ति दिएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij