Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

एसपी रामेश्वर पौडेलको नेतृत्वमा सक्रिय चितवन प्रहरी, लामो समयदेखि फरार प्रतिवादी नियन्त्रणमा

एसपी रामेश्वर पौडेलको नेतृत्वमा सक्रिय चितवन प्रहरी, लामो समयदेखि फरार प्रतिवादी नियन्त्रणमा

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले सात वर्षअघि कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न सफलता हासिल गरेको छ । प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चितवन प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि अपराध अनुसन्धान तथा फरार अभियुक्त पक्राउ अभियानलाई तीव्र बनाइएको क्रममा उक्त सफलता प्राप्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०७६ साल मंसिर २३ गते खैरहनी नगरपालिका क्षेत्रमा भएको कर्तव्य ज्यान घटनामा संलग्न रही फरार रहेका पन्चदेव महतोलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो । लामो समयदेखि फरार रहेका महतोको खोजी कार्यलाई तीव्र बनाइएपछि प्रहरी टोलीले उनलाई बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी टोलबाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका महतोमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरी प्रमुख रामेश्वर पौडेलको नेतृत्वमा चितवन प्रहरीले अपराध नियन्त्रण, अनुसन्धान तथा फरार अभियुक्त पक्राउ अभियानलाई प्रभावकारी बनाएको स्थानीयवासीले बताएका छन् । जिल्लामा शान्ति सुरक्षा थप मजबुत बनाउन प्रहरी सक्रिय रूपमा परिचालन भइरहेको कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट