Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

भारतबाट चोरी गरेर नेपाल ल्याइएका बहुमुल्य गरगहना बरामद

भारतबाट चोरी गरेर नेपाल ल्याइएका बहुमुल्य गरगहना बरामद

काठमाडौं :  प्रहरीले भारतबाट चोरी गरेर ल्याइएको बहुमुल्य हिरा, मोती, सुनचाँदीका गरगहना लगायतका ठूलो मात्राको नगद तथा जिन्सीहरु बरामद गरेर सम्बन्धित पक्षलाई बुझाएको छ।

भारतको दिल्लीस्थित राजेन्द्रनगरका संजयकुमार माखीजाको घरबाट गएको फागुन १३ गते चोरी भएको बहुमुल्य हिरा, मोती, सुनचाँदीका गरगहना लगायतका ठूलो मात्राको नगद तथा जिन्सीहरु बरामद गरेर सम्बन्धित पक्षलाई बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले भारतीय दुतावासमार्फत नेपाली प्रतिनिधिसहित आफ्नो चोरिएको सामान बुझ्न गएका संजयकुमार माखीजालाई प्रहरी आफूले बरामद गरेको बहुमुल्य हिरा, मोती, सुनचाँदीका गरगहना लगायतका ठूलो मात्राको नगद तथा जिन्सीहरु सम्बन्धित पक्षलाई बुझाइएको एसपी नरेन्द्र चन्दले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले संयुक्त अप्रेसनका क्रममा बरामद गरिएको गरगहना र नगदसहितको सामान जनप्रतिनिधि समेतको रहोबरमा सम्बन्धीत धनीलाई बुझाइएको जानकारी दिए ।

माखीजाको घरमा काम गर्ने बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतको समूहले चोरी गरेको खुलेपछि भारतीय प्रहरीमार्फत नेपाल प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा छानबिन गर्ने क्रममा प्रहरीले रावतसहितका तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बाजुराकै खप्तडछेडेदह गाउँपालिका–३ का लोकेश धामी र चोरी भएको धनमाल खरिद गर्ने अछामको साफेबगर नगरपालिका–४ का अर्जुन सुनारलाई विभिन्न गरिएको प्रहरीले जनाएको छ । तीनै जना पक्राउ परेपछि उनीहरुको साथबाट गरगहनासहित दुई करोड सात लाख बरामद गरिएको थियो ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक(डीआईजी) ओमबहादुर रानाले अप्रेसनका क्रममा उनीहरुको साथबाट चोरी गरिएका नेपाली रुपैयाँ एक करोड ३४ लाख पर्ने १२ वटा घडी, ४३ लाख ३३ हजार १४५ बराबरको विभिन्न सुनका गरगहना, १५ लाख ५६ हजार बराबरको हिरा र सुनका रिङ, दुई लाख १५ हजार ५३० का चाँदीका गरगहना तथा तीन लाख बराबरको सुन बरामद गरिएको बताए ।

यस्तै, १२ लाख ९० हजार नेपाली रुपैयाँ समेत उनीहरुको साथबाट बरामद गरिएको रानाले जानकारी दिए । बरामद गरिएको नगद र विभिन्न देशका मुद्रा सम्बन्धीत व्यक्तिलाई बुझाइएको छ ।

प्रहरीकाअनुसार माखीजाको घरबाट चोरी भएको सबै सामान भने फेला पर्न सकेको छैन् । पक्राउ परेका व्यक्तिले अन्य सामान अर्र्कै व्यक्तिले लगेको दाबी गरेपनि उनीहरुले नाम पोलेका व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट