Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

गणतन्त्र दिवस मनाउन टुँडिखेल पुगे प्रधानमन्त्री बालेन

गणतन्त्र दिवस मनाउन टुँडिखेल पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ  : आज गणतन्त्र दिवस विभिन्न कार्यक्रमको साथ मनाइँदै छ। पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो।

गणतन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ । 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरू सहभागी भएका छन् । कार्यक्रममा सहभागी भए पनि प्रधानमन्त्री शाहले सम्बोधन भने गर्ने छैनन् । प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्बाटै निर्णय गरी राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरेर पत्र पठाएका थिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट