काराकास : भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ पुगेको पुष्टि गर्दै १० हजार ५०० भन्दा बढी व्यक्ति घाइते भएको बताएका छन्।
प्रेस विज्ञप्तिमार्फत रोड्रिग्जले अहिलेसम्म १५ हजारभन्दा बढी प्रभावित व्यक्तिको विवरण दर्ता भएको तथा राहत र उद्धार कार्य सुरु भएयता ६ हजार ४६१ जनाको उद्धार गरिएको जानकारी दिएका छन्। उनका अनुसार भूकम्पमा परी हजारौँ व्यक्ति अझै बेपत्ता छन्।
संयुक्त राष्ट्र सङ्घका अनुसार करिब ५० हजार व्यक्ति अझै बेपत्ता छन् र उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij