Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मुग्लिनबाट ७ किलो गाँजासहित एक युवती पक्राउ

मुग्लिनबाट ७ किलो गाँजासहित एक युवती पक्राउ

इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारबाट प्रहरीले ७ किलो गाँजासहित एक युवतीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति करिब २ः५५ बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु २ ख ६८२१ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा बसमा सवार नुवाकोटको तारकेश्वर नगरपालिका–७ निवासी अन्दाजी २४ वर्षीया सानुकान्छी विकको साथमा रहेको झोलाबाट १–१ किलोका सात वटा प्लास्टिकमा प्याक गरिएको गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको पदार्थको तौल ७ किलो रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकी विकलाई कानुनबमोजिम नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट