Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

टेरामक्स खरिद प्रकरण : प्राधिकरणका तत्कालीन अध्यक्षझासहित ३ जना दोषी ठहर

टेरामक्स खरिद प्रकरण : प्राधिकरणका तत्कालीन अध्यक्षझासहित ३ जना दोषी ठहर

काठमाडौँ : विशेष अदालतले टेरामक्स खरिदमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ।  न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो।

अदालत प्रशासनका अनुसार उनीहरूलाई ६ महिना कैद र ५० हजार जरिबाना हुने ठहर भएको छ। अदालतले अध्यक्ष रहेको भन्दै झालाई भने थप ६ महिना कैद सजाय सुनाएको छ। 

विशेष अदालतले उक्त मुद्दामा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई भने सफाइ दिएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij