काठमाडौँ : लामो समय ’हर्के हल्दार’को परिचय बनाएका कलाकार विष्णु सापकोटा फेरि टेलिभिजनमा फर्किएका छन् । उनी अहिले ‘कमेडी बाज’ कार्यक्रममार्फत टेलिभिजन कमब्याक गरेका हुन् ।
पछिल्लो समय कुनै पनि कार्यक्रममा नदेखिएका विष्णु अब ‘कमेडी बाज’मा निरन्तर देखिनेछन् । हरेक आइतबार राती ८ बजे इमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको यो कार्यक्रममा उनी पर्फमरको रूपमा देखिँदै छन् अर्थात् उनले हरेक साता कमेडी प्रस्तुति दिनेछन् । उनी आफ्नो परिचित पात्र ‘हर्के हल्दार’कै गेटअपमा प्रस्तुति दिनेछन् । आउँदो आइतबार प्रसारण हुन लागेको कमेडी बाजको नयाँ भागबाट उनी देखिँदै छन् । जुन भागमा सुशील नेपाल, प्रताप दास, सिडी विजय अधिकारी र श्याम राना गेस्टको रूपमा पुगेका छन् ।
कमेडी बाजका निर्माता, निर्देशक तथा सञ्चालक सुन्दर खनालका अनुसार अब निरन्तर हर्के हल्दारलाई देख्न पाइनेछ । ‘दर्शकले निकै मन पराएको क्यारेक्टर हो हर्के हल्दार, त्यसैले दाइलाई आग्रह गरेर कमेडी बाजमा ल्याएका हौँ’, निर्देशक खनालले भने ‘आशा छ दर्शकले उहाँको प्रस्तुतिबाट भरपुर मनोरञ्जन लिनुहुन्छ ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij