Logo

Aug 09 2026 | २०८३, श्रावण २४गते

गगन थापा भन्छन्- तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ, विधानको सीमाभित्रै बसेर सबैलाई जोड्छु

गगन थापा भन्छन्- तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ, विधानको सीमाभित्रै बसेर सबैलाई जोड्छु

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई विधानको सीमाभित्र रहेर सबै पक्षलाई समेट्दै एकताबद्ध बनाएर अघि बढाउने बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले कांग्रेसमा चार पुस्ता एकसाथ सक्रिय रहेकाले कसैलाई निषेध वा भेदभाव नगरी सबैको सम्मान हुने गरी पार्टी सञ्चालन गर्ने स्पष्ट पारेका हुन्।

बैठकमा बोल्दै सभापति थापाले भने- 'एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म तर्सिन्न । दबाएर म दबिन्न । फकाएर फकिन्न । विधानको सीमा थाहा छ । विधानको सीमाभित्र बस्छु । सबैलाई जोडेर लैजाने हो । चार पुस्ता छन् यो पार्टीमा, सबैलाई जोडेर लैजानुपर्छ, सबैसँग संवाद भइरहेको छ ।'

उनले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका आधारमा कुनै पनि नेता-कार्यकर्तामाथि भेदभाव नगरिने बताए। पार्टीभित्र फरक मत र धारणा भए पनि सबैलाई समेटेर अघि बढ्ने उनको भनाइ थियो। विशेष महाधिवेशनसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको कानुनी प्रक्रियालाई पार्टीले दृढतापूर्वक अघि बढाउने पनि थापाले बताए। उनले थप भने- 'विशेष महाधिवेशनको विषयमा सर्वोच्च अदालतमा मुद्दा छ। हामी सानका साथ मुद्दा लड्छौँ ।'

पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएपछि थापा पक्षमाथि पछिल्ला दिनमा थप दबाब बढेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट