Logo

Aug 10 2026 | २०८३, श्रावण २५गते

खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन :  चितवनको खैरहनीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार  सोमबार  बिहान करिब २ः३० बजे खैरहनी नगरपालिका–१, शाहीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएका हाल नामथर तथा वतन नखुलेका करिब ३०÷३५ वर्षका पुरुषलाई उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाइएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा बिहान ३ः१५ बजे उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न बस र चालक धादिङको नीलकण्ठ नगरपालिका–१४ बस्ने ४४ वर्षीय जितेन्द्रबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट