Logo

Aug 11 2026 | २०८३, श्रावण २६गते

सभामुखले प्रधानमन्त्रीलाई भने– संसदमा आइदिनुस्

सभामुखले प्रधानमन्त्रीलाई भने– संसदमा आइदिनुस्

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबिच मंगलबार दिउँसो भेटवार्ता भएको छ । उनीहरूबीच संघीय संसदको चालू अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो भएको भेटवार्तामा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदहरुले राखेका प्रश्नको जवाफ दिन आग्रह गरेका छन् ।

‘संसदमा प्रधानमन्त्रीको खोजी भइरहेको छ । कसमेसकम सदनमा उपस्थित भएर जवाफ दिनुुस् भनेर सभामुखले आग्रह गर्नुभयो’, स्रोतले भन्यो । तर, प्रधानमन्त्री शाहले ठोस जवाफ नदिएको बुझिएको छ । प्रतिपक्ष दलहरुले लगातार संसदमा प्रधानमन्त्रीको खाजी गरिरहेका छन् । तर, प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर जवाफ दिन चाहिरहेका छैनन् ।

मंगलबार मात्रै पनि प्रमुख प्रतिपक्ष कांग्रेसका सांसद भरतबहादुर श्वारले प्रधानमन्त्री शाह संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनबाट पछि हटेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट