काठमाडौं : काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरबाट प्रहरीले स्रोत नखुलेको ७६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ । स्रोत नखुलेको रकम सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–१ घर भएका ३३ वर्षीय जितेन्द्र साह तुरहा छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले नगद बरामद गरेको हो । कुलेश्वरमा बरामद गरिएको रकम गणना गर्ने काम भइरहेको काठमाडौँका एसएसपी दिलिप घिमिरेले बताए । उनले भने, ‘गणना गरेर रकम यकिन गर्दैछौँ ।’
पक्राउ परेका आरोपी कुलेश्वरस्थित आँचल फ्रुट सेन्टरका सञ्चालक हुन् । फलफुल पसलबाट १० लाख ७० हजार र अरू रकम उनको डेराबाट प्रहरीले बरामद गरेको हो। उनले डेरामा लुकाएर राखेको अवस्थामा ३ लाख ४ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij