Logo

Aug 16 2026 | २०८३, श्रावण ३१गते

काठमाडौंमा आज पाँच स्थानबाट ग्यास बिक्री, नागरिकता अनिवार्य

काठमाडौंमा आज पाँच स्थानबाट ग्यास बिक्री, नागरिकता अनिवार्य

काठमाडौंः नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास बिक्रीवितरण गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने निगमले जनाएको छ।

अत्यावश्यक परेका उपभोक्ताहरूले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा गएर ग्यास खरिद गर्न सक्नेछन्। ग्यास खरिदका लागि उपभोक्ताले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लिएर जानुपर्नेछ।

ग्यास बिक्री हुने प्रमुख स्थान र ब्रान्ड

निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास उपलब्ध हुनेछ। यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल र एचपी ग्यास विक्री हुनेछ। 

राधास्वामी, कीर्तिपुर परिसरमा नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीमाया, श्रीकृष्ण, साइजवाला र ओम ग्यास उपलब्ध हुनेछ। राधास्वामी, बसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्ट÷सुगम, भानु र ओम ग्यास उपलब्ध हुनेछ। 

पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट  नेपाल, एचपी, एभरेस्ट÷सुगम, श्रीराम, सगर, हिमाल, लोकप्रिय र सूर्य ग्यास उपलब्ध हुनेछ। निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र ग्यास उद्योगहरूले आफ्ना विक्रेतामार्फत पनि नियमित रूपमा बिक्री गरिरहेको स्पष्ट पारेको छ। 

उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्नपनि निगमले अनुरोध गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट