Logo

Aug 19 2026 | २०८३, भाद्र ३गते

फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल घोषणा, विपिन र मिरुनासँगै भारतीय कलाकार पियुष मिश्रा देखिने

फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल घोषणा, विपिन र मिरुनासँगै भारतीय कलाकार पियुष मिश्रा देखिने

काठमाडौँ : गत वर्षको सफल फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी – ऊनको स्वीटर’ निर्माण हुने भएको छ।  राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्म निर्माणको आधिकारिक घोषणा गरिएको हो। आगामी दशैँपछि छायाङ्कन सुरु हुने फिल्म सन् २०२७ मा रिलिज हुने तय भएको छ।


दर्शकको अत्यधिक माग र पर्खाइलाई सम्बोधन गर्न सिक्वेल निर्माण गर्न लागिएको निर्देशक नवीन चौहानले बताएका छन्। फिल्ममा धरणीधर र फूलको अधुरो प्रेमकथा सिक्किमबाट सुरु हुने जानकारी उनले दिएका छन्। फिल्ममा भारतीय कलाकार पियुष मिश्रालाई पनि देख्न सकिने निर्देशक चौहानले जानकारी दिएका छन्।

फिल्ममा अघिल्लो भागकै हिट जोडी विपिन कार्की (धरणीधर) र मिरुना मगर (फूल) मुख्य भूमिकामा दोहोरिने भएका छन्। उनीहरूसँगै एलेक्स पारस र परीक्षा लिम्बूको पनि मुख्य भूमिका रहनेछ। प्रेमकथामा आधारित यसअघिको भाग ’ऊनको स्वीटर’ले घरेलु बक्स अफिसमा १२ करोड रुपैयाँको व्यवसाय गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij