काठमाडौँ : बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग सरकारले गृह मन्त्रालयमा छलफल थालेको छ।
गृहमन्त्री सुधन गुरुङसहितको गृह मन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल थालेको मन्त्रालयले जानकारी दिएको छ।
उनीहरू आजै छलफलका लागि बाराबाट काठमाडौँ आएका थिए। गरिमाको न्यायका लागि बारा, काठमाडौँलगायत देशका धेरै ठाउँमा प्रदर्शन भइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij