Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

३५ दिनमा सकियो ‘तिरिमिरी झ्याइँ’को छायाङ्कन

३५ दिनमा सकियो ‘तिरिमिरी झ्याइँ’को छायाङ्कन

काठमाडौँ : चलचित्र ‘तिरिमिरी झ्याइँ’को छायाङ्कन सकिएको छ । ३५ दिनको नियमित छायाङ्कनपछि फिल्म सकिएको हो । सोमबार कोशी प्रदेश अन्तर्गत सुनसरीको बराह क्षेत्रमा अन्तिम दृश्य खिचेसँगै चलचित्र सकिएको निर्देशक समीरले जनाकारी दिए ।

विशुद्ध पारिवारिक, मनोरञ्जनात्मक र सामाजिक कथामा निर्माण भएको चलचित्र होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा बनेको हो । चर्चित कमेडियन सुमन कोइरालाको अभिनयमा डेब्यु रहेको यो चलचित्र धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारहरूको अभिनय छ।

विशाल कक्षपतिको छायाङ्कन, अभिषेक कार्कीको सङ्गीत चलचित्रमा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट