Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

तास्मिनियाविरुद्धको खेलमा नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

तास्मिनियाविरुद्धको खेलमा नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

काठमाडौंः अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको छ।

नेपाली टोली टप एन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गरिसकेपछि एकदिवसीय खेल खेल्न लागेको हो। टप एन्ड टी–२० सिरिजमा नेपालले छमध्ये चारमा हार तथा दुई खेलमा जित निकालेको थियो।

अष्ट्रेलियामा रहँदा नेपालले बुधबार साउथ अष्ट्रेलिया र आइतबार न्यूजील्यान्ड ‘ए’ विरुद्ध पनि एकदिवसीय खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट