Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

काठमाडौं : चलचित्र ‘गौंथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । ‘गौंथली’ले ४३ हलमा प्रदर्शनको ५१औँ दिन मनाएको हो । ‘गौँथली’ यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने चलचित्र बनेको छ । सिनेमा उद्योगमा ‘गौँथली’ ‘पूर्ण बहादुरको सारङ्गी’पछि सबैभन्दा धेरै कमाउने दोस्रो सिनेमा बनेको छ ।

यो चलचित्रले हालसम्म पौने २६ करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट