Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

युएईविरुद्ध टस जितर नेपालले रोज्यो ब्याटिङ

युएईविरुद्ध टस जितर नेपालले रोज्यो ब्याटिङ

काठमाडौंः तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्दै छ। 

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा आज बिहान नेपाली टोलीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। दुवै टोली दोस्रोपटक एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्।

नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा यूएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो। यूएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्त्वपूर्ण छ।

जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच खेलमा चार जित र एक हारको नतिजा निकालेको छ। यूएई भने अपराजित रहँदै फाइनलमा पुगेको हो।

एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबिच हालसम्म १९ खेल भएका छन्। नेपालले ११ र यूएईले आठ खेल जितेका छन्। पछिल्ला पाँच खेलमा नेपालले तीन खेल जितेको छ।

नेपालले यूएईसँग पछिल्लोपटक गत मेमा आईसीसी विश्वकप लिग–२ मा पनि स्पर्धा गरेका थियो। त्यसअन्तर्गतका दुवै खेलमा नेपाल विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट