Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कृष्णभीरमा सडक आंशिक सञ्चालनमा, ग्यास बुलेट र हेभी सवारीलाई मात्र अनुमति

कृष्णभीरमा सडक आंशिक सञ्चालनमा, ग्यास बुलेट र हेभी सवारीलाई मात्र अनुमति

काठमाडौं  : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएको छ ।दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केहीबेरअघिबाट सडक आंशिक रुपमा सञ्चालनमा आएको हो ।

तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराइएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।

भित्तामा नालीको काम बाँकी भएकाले बिहीबारबाट त्यो काम सकेर दुईतर्फी नै सञ्चालनमा ल्याइने पनि उनले बताए ।

यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो ।

गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध थियो ।

त्यसयता सो मार्ग भएर चल्ने ठूला तथा साना सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्दै काठमाडौं आवागमन गरिरहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट