Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

१ अर्ब ५७ करोडको हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

१ अर्ब ५७ करोडको हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

विराटनगर : एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ रानी बस्ने ४६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर-१७ का ३४ वर्षीय सुरज प्रसाद साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले हुन्डीसम्बन्धी कारोबारमा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको खातामार्फत एक अर्ब ५७ करोड ६४ लाख ३२ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुन्डी कारोबारमा प्रयोग भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ लगायतका कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij