Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री

प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री

काठमाडौं :  गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको जानकारी दिएका छन्।

नदीको बहावसमेत निरन्तर बढिरहेको भन्दै गृहमन्त्री गुरुङले उद्धार, राहत र प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको बताएका छन्।

गृहमन्त्री गुरुङका अनुसार घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार र राहतका लागि परिचालन गरिएको छ।

उनले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। साथै, कुनै पनि आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको १२३४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट