Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बुढीगण्डकीको बाढीले माछाखोला र केरौँजा जोड्ने झोलुंगे पुल बगायो

बुढीगण्डकीको बाढीले माछाखोला र केरौँजा जोड्ने झोलुंगे पुल बगायो

गोरखा :  बुढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको बाढीले चुमनुव्री-३ का १० भन्दा बढी घर बगाएको छ । चुमनुव्री-३ जोड्ने झोलुङ्गे पुल पनि बगाएको वडाध्यक्ष रामकुमार गुरुङले बताए । चुमनुव्री-३ कै सल्लेरी, पैयुँका र जगत बगरका १० भन्दा बढी घर बगाएको उनले बताए ।

‘बिहानै बाढी आयो, घरको केही सामान पनि झिक्न पाएनौँ,’ उनले भने, ‘बाढी आयो भनेपछि बिहानै भागाभाग भयो ।’ क्षतिको यकिन विवरण संकलन गर्न नसकिएको उनले बताए ।

चुमनुव्री-६ को लोक्पा र चुम्लिङबीचको स्यार खोला थुनिएर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ । स्यार खोला बुढीगण्डकीको सहायक नदी हो ।

आइतबार बिहान एक्कासि बाढी आएपछि स्थानीय घर छाडेर भागेका थिए । अहिले पनि बुढीगण्डकी नदीको बहाव बढ्ने र घट्ने भइरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट