Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रतिबन्धित पटाका बरामद

प्रतिबन्धित पटाका बरामद

जनकपुरधाम :  सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प्रहरीले करिब ४० हजार रुपैयाँ बराबरका विभिन्न किसिमका प्रतिबन्धित पटाका बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले हवल्दार चोकमा चेकजाँच गर्ने क्रममा पटाका बरामद गरेको हो। भारतबाट मोटरसाइकलमा बोराभित्र राखेर पटाका ल्याउँदै गरेका व्यक्तिहरूले प्रहरीको टोलीलाई देखेपछि बोरा फालेर मोटरसाइकलसहित फरार भएको र उक्त बोरा खोलेर जाँच गर्दा विभिन्न किसिमका पटाका फेला परेको प्रहरी प्रवक्ता रमेश बहादुर पालले जनाएका छन् ।

उनका अनुसार बरामद गरिएका पटाका आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको र फरार व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट