Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

लागूऔषध मुद्दामा रास्वपा सुरूङ्गा नगर सभापति हुसेन पक्राउ

लागूऔषध मुद्दामा रास्वपा सुरूङ्गा नगर सभापति हुसेन पक्राउ

सप्तरी  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् ।

उनलाई प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरेको हो । ‎इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका–४ कदमाहा बजारस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।

‎जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले लागूऔषध मुद्दामा फरार रहेका हुसेन पक्राउ परेको पुष्टि गरेका छन् ।

‎प्रहरीका अनुसार, २०८१ मंसिर २९ गते धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनापछि कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट